आकासियो सुनको भाउ, ताेलामा १ लाख १ हजार ४०० पुग्यो

8.94K
shares

काठमाडौं । नेपालमा आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।

पछिल्ला दिनहरुमा सुनको मूल्यले एकपछि अर्को कीर्तिमान बनाइरहेको बेला बुधबार छापावाल सुनको मूल्य १ लाख १ हजार ४०० पुग्दै नयाँ कीर्तिमान कायम भएको हो ।

मंगलबार तोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकैदिन १६०० रुपैयाँले बढेको हो ।

आज तेजावी सुनको मूल्य भने १ लाख ९०० रुपैयाँ रहेको बताएको छ । यसैगरी चाँदीको मूल्य आज १ हजार २९५ रुपैयाँ पुगेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083