केही सेकेन्डमै डिलिट गर्नुपरेको प्रधानमन्त्रीको ट्वीट !
वि.सं.२०७७ कात्तिक २५ मंगलवार १७:४०
shares

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र पत्रकार मातृका पौडेलसँगै भएको फोटो प्रधानमन्त्रीको ट्वीटरबाट ट्वीट भएका केही सेकेन्डमै हटाइएको छ ।
मंगलबार दिउँसो प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापा र पत्रकार पौडेलसँगै भएको फोटो प्रधानमन्त्रीको ट्विटरबाट ट्विट भयो । तर, ट्वीट भएको केही सेकेन्डमै उक्त ट्वीट हटाइएको हो ।
‘नयाँ व्यावसायिक यात्रामा अघि बढ्न मातृका पौडेलजीलाई सफलताको अग्रिम शुभकामना,’ ट्वीटमा लेखिएको छ–‘हामी दुवैले कोरोना संक्रमण जितेपछिको पहिलो भेटमा उहाँले खुशी हुने योजना सुनाउनु हुँदा दुवै जना दंग….!’
प्रधानमन्त्रीको ह्याण्डलबाट भएको ट्वीट र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाबाट भएको ट्वीटको भाषा र फोटो एउटै भएकाले उक्त ट्विट थापाले गरेको देखिन्छ । यद्यपी ट्विट केही सेकेन्डमै डिलिट गरिएको थियो ।
















