तिमिलाई मेरो प्रेमिल कविता

Nepal Life Insurance Long Ad

आँखै अगाडिको
विशाल अग्ला हिमाल देखेर
म आफुलाई सोध्छु,
तिमी प्रतिको
मेरो प्रेम-
हिमाल भन्दा अझै अग्ला छन् ,

****
अनि तल्लो फेदीमा
काला-खैरा चट्टान
हेरेर तुलना गर्छु,
तिम्रो र मेरो सम्बन्ध
चट्टान जतिकै बलिया छन् ,
****
म सोच्थे:
कसरी रोकिन सक्छन्
नदीहरु समुन्द्र बनेर
बाढी, झर्ना, खोला, खोल्सा, सुनामी
सबै बटुलेर
कसरी जम्न सक्छन्
धैर्य भएर,
सुन्दर फेवाहरु
विराट ताल बनेर
आदीम-दामीमको लागी!
****
तर मलाई विश्वास छ-
तिम्रो धैर्यता देखेर
सुक्न सक्छन्
विराट समुन्द्र-तालहरु
बिलाउन सक्छन्
जुन-घाम
बग्दा-बग्दौ थाक्न सक्छन्
हिम नदी र खोलाहरु!
तर-
बाँच्न सक्छन्
जुनी-जुनी
तिम्रो मेरो सम्बन्ध
र-
प्रेमहरु!

२६ कात्तिक २०७७, बुधवार १२:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु