अनेरास्ववियूको तेस्रो चरणको आन्दोलनः बालुवाटार घेराउ देखि मन्त्रीलाई सार्वजनिक बहिस्कार सम्म
वि.सं.२०७७ माघ १६ शुक्रवार ११:४७
14.55K
shares
shares

काठमाडौं । संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा प्रचण्ड माधव नेपाल समुहका विद्यार्थीहरुले तेस्रो चरणको आन्दोलनका कार्यक्रम तय गरेका छन् । अनेरास्ववियूको र तेस्रो चरणको आन्दोलनमा बालुवाटार घेराउ देखि मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्ने सम्मका कार्यक्रम तय गरेका हुन् ।
अनेरास्ववियूले माघ २२ र २३ गते सरकारी नम्बर प्लेटका गाडी चल्न नदिने निर्णयसमेत गरेको छ ।
अनेरास्ववियूले लिपुलेक, लिम्पियाधुरासहिको नयाँ नक्सा छापिएको पाठ्यपुस्तक सार्वजनिक गरी पढाउनुपर्ने माग समेत गरेको छ ।
संसद विघटनको विरोधमा अनेरास्ववियूले पहिलो र दोस्रो चरणको आन्दोलनका क्रममा सडक बहस, बयलगाडा र्याली, लालटिन जुलुस, व्यंग्यात्मक कार्टुन प्रदर्शनी लगायतका कार्यक्रम गरेको थियो ।विज्ञप्ति:-
































