निर्वाचन आयोगले कलंकको टीका लगाउने काम गर्दैछ- नेता पाण्डे

वि.सं.२०७७ माघ १६ शुक्रवार १२:१५
9.85K
shares
shares

काठमाडौं । निर्वाचन आयोगप्रति नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरू आक्रोशित बनेका छन् ।
निर्वाचन आयोगले नेकपाका दुवै अध्यक्षसहित अध्यक्षले तोकेका नेताहरूलाई आयोगमा छलफलका लागि बोलाएको थियो ।
१८ गतेसम्म आफ्ना दुवै अध्यक्ष काठमाडौं बाहिर रहने हुँदा त्यसपछिमात्रै बैठक बोलाउन आग्रह गर्न पुगेका नेता राजेन्द्र पाण्डे आयोगप्रति आक्रोशित देखिएका हुन् ।
“निर्वाचन आयोगले विवाद निरुपण नगर्ने हो भने नेकपाले चुनाव नै लड्न पाउँदैन,” उनले भने, “आयोगले कलंकको टीका लगाउने काम गरेको छ ।”
आयोगले बोलाएको बैठकमा यो जानकारी गराउँदै दाहाल–नेपाल समूहका नेताहरु बाहिरिएका छन् ओली समूहका नेताहरु अहिले पनि निर्वाचन आयोगमै छन् ।