कोरोना खोप लगाएका ७ जनामा असर, एकजना गम्भीर

8.85K
shares

 

काठमाडौं । कर्णाली प्रदेशमा कोरोनाविरुद्धको खोप लगाएकामध्ये सात जनालाई असर देखिएको छ।

एक जनामा गम्भीर र ६ जनामा सामान्य असर देखिएको कर्णाली प्रदेश स्वाथ्य सेवा निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार प्रदेश अस्पताल सुर्खेत केन्द्रमा खोप लगाएका जम्मा २ सय ९८ जनामध्ये एकजनामा गम्भीर असर देखिएको हो।

गम्भीर समस्या देखिनेमा निर्देशनालयकै कर्मचारी रहेका निर्देशनालयका निमित्त निर्देशक डाक्टर रविन खड्काले जानकारी दिए उ

नलाई हिजो खोप लगाएको आधा घन्टाभित्र शरिरमा डाबर आउने, टाउको दुख्ने, रिंगाटा लाग्ने, वाकवाकी आउने र कमजोर महसुस हुनेजस्ता समस्या देखिएको डाक्टर खड्काले बताए।

प्रदेश अस्पतालमै उपचार गराएपछि अहिले उनको स्वाथ्य अवस्था सामन्य भइसकेको छ। उनलाई अस्पतालमै भर्ना गरेर नभई हिजै सामान्य औषधी चलाइएको र केहि समय आराम गरेपछि निको भएको हो।

भ्याक्सिन लगाएपछि सामान्य समस्या आउनसक्ने भएकाले नआत्तिन डाक्टर खड्काले सुझाव दिए। उनले भने ‘म आफैलाई पनि खोप लगाएको केहि समयपछि टाउको दुख्ने, रिंगाटा लाग्ने समस्या भएको थियो पछि आफै ठिक भयो।’

यस्तै प्रदेश अस्पताल सुर्खेतमै खोप लगाएका ४ जना, मेहेलकुना अस्पताल सुर्खेतमा १ जना र डोल्पा अस्पताल डोल्पामा खोप लगाएका दुई जनामा सामान्य असर देखिएको निर्देशनालयले जनाएको छ। उनीहरुलाई पनि खोप लगाएको केहि समयसम्म टाउको दुख्ने रिंगाटा लाग्ने समस्या देखिएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083