“ओलीलाई प्रचण्डको प्रश्न: निस्सन्तान नहुनु मेरो दोष हो”-अध्यक्ष प्रचण्ड

9.46K
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारलाई लिएर आफूलाई अपमानित गर्ने प्रयास गरेको भन्दै नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आक्रोश पोखेका छन् ।

नेकपा विभाजनपछि दुबै पक्ष आरोप प्रत्यारोपमा उत्रिएका छन् र, प्रधानमन्त्री ओलीले पछिल्लो समय प्रचण्डमाथि छोरी, बुहारी र ज्वाइँलाई मात्र हेरेको आरोप लगाउँदै आएका छन् ।

शुक्रबार विराटनगरमा आयोजित सभामा प्रचण्डले त्यसको जवाफ दिएका छन् । केपीका मान्छेहरुले ‘तैले त छोराछोरी ज्वाइँको मात्र काम गर्छस् भनेर भनेका छन् नि भनेर प्रश्न आएको भन्दै प्रचण्डले प्रश्न गरे, ‘म निस्सन्तान भइनँ, मेरो दोष हो रु’

‘मैले मेरा छोराछोरीलाई पढ्न अमेरिका, बेलायत पठाइनँ, आफैंसँग जंगलमा बन्दुक बोक्न लिएर हिडेँ । मेरो दोष हो रु’ निकै भावुक देखिएका उनले भने, ‘मैले आफ्ना छोराछोरीलाई विशेषाधिकार खोजिन । जतिबेला हामी गणतन्त्रको लडाइँ लड्दै थियौं, मेरा छोरीहरु रोल्पाको जंगलमा बन्दुक लिएर हिड्थेँ । के यो मेरो दोष हो रु छोराछोरी भएपछि बिहे हुन्छ, ज्वाइँ हुन्छन्, नाती नातिना हुन्छन् । मेरो दोष हो ’

ओलीले आफूलाई अपमानित गर्ने प्रयास गरेको भन्दै प्रचण्डले आफूलाई न्याय चाहिएको बताए ।

प्रधानमन्त्री ओलीले आफ्नो धर्म छोराछोरी भन्दै कोच्याउने गरेको भन्दै उनले भने, ‘आफ्ना हनुमानहरुलाई छोराछोरी भन्दै तिनलाई मात्र ‘ पोस्ने सही हो’

प्रचण्डले अघि भने, ‘अनि केपी ओलीले ७० करोड भ्रष्टाचार गर्नेलाई गरेको छैन भनेर फैसला गर्दै हिँड्नु चाहिँ सुशासन हो रु देश कोरोनाले आक्रान्त भएको छ । त्यही बेला औषधि ल्याउँदा भ्रष्टाचार गर्नु चाहिँ सुशासन हो’


divya collage
unigloble collage