खेलकुद मन्त्री तामाङको गृहजिल्लामा प्रतिबद्धता, खेलकुद क्षेत्रको वृत्तर विकास गर्छु: मन्त्री तामाङ

8.68K
shares

सिन्धुपाल्चोक। युवा तथा खेलकुद मन्त्री दावा तामाङले खेलकुद क्षेत्रको विकासका लागि प्रतिबद्ध भएर लाग्ने बताएका छन्। गृहजिल्ला सिन्धुपाल्चोकमा शनिबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

खेलकुद क्षेत्रका अधुरा कामका लागि यस बर्षपनि बजेट विनयोजन गर्ने प्रतिबद्धता व्यक्त गरे। सिन्धुपाल्चोक जिल्लाको खेलकुद क्षेत्रको विकासा महत्वपूर्ण भूमिका खेल्ने दर्शाए।

भेलालाई सम्बोधन गर्दै नेकपा ओली समूहको केन्द्रीय सदस्य हस्त पण्डित, बालकृष्ण देउजा लगायतले बैशाखमा निर्वाचन हुने भन्दै तयारी अबस्थामा रहन कार्यकर्ताहरुलाई निर्देशन दिए। भेलाले शशिनाथ आचार्यको संयोजकत्वमा १५१ सदस्यीय गाँउपालिका कमिटी चयन समेत गरेको छ।

यस्तै, मन्त्री तामाङलाई मेलम्ची बजारमा सम्मान गरिएको थियो। मेलम्चीका स्थानीयले मन्त्री तामाङलाई बधाइ तथा शुभकामना दिएका हुन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083