प्रतिनिधिसभा विघटन विरुद्धको शान्तिपुर्ण प्रदर्शनमा अनेरास्ववियूका नेता कार्की घाइते

10.69K
shares

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि अहिले त्यसको चौतर्फी चर्को विरोध भइ रहेको छ ।

प्रतिपक्षी मात्र होइन, एक समय ओलीका सत्ता सहयात्री पनि विरोधमा उत्रेका छन् । कानूनका जानकार र सिङ्गो नागरिक समाजले ओलीको कदमलाई असंवैधानिक भनि नै राखेको छ ।

यसै बिच केपी ओली बिरुद्ध प्रचण्ड माधव समुहले देशब्यापी रुपमा आन्दोल गरी रहेको छ ।

यसै बिच आज नेकपा प्रचण्ड–नेपाल समुहका विद्यार्थीहरुले संसद भवन अगाडी पुत्ला दहन गरेका छन् । संसद विघटन विरुद्ध भएको शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग हुँदा अनेरास्ववियूका केन्द्रिय नेता प्रशुन कार्की घाइते भएका छन् ।

संसद भवनको पश्चिमी गेटमा शान्तिपूर्ण विरोध प्रदर्शन हुँदा कार्की घाइते भएका अनेरास्ववियूका नेता श्याम रोक्काले जानकारी दिए । कार्कीको आँखा र नाकमा चोट लागेको अनेरास्ववियूका नेता रोक्काले बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083