अखिल (क्रान्तिकारी) विश्वविद्यालय समितिको बैठक सम्पन्न

Nepal Life Insurance Long Ad

काठमाडौं– अखिल क्रान्तिकारी विश्वविद्यालय समितिको बैठक आज सम्पन्न भएको छ । वाल्मिकी क्याम्पसको सभा हलमा मंगलबार भएको बैठकमा विश्वविद्यालय प्रदेशका नेता तथा कार्यकर्ताहरु उपस्थित थिए । बैठकलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै अध्यक्ष तामाङले विश्वविद्यालयबाटै अबको राजनीतिको नेतृत्व गर्ने जनसक्तिको उत्पादन गर्ने भनाई राखे ।

पछिल्लो समय क्याम्पस र विश्वविद्यालयहरुमा राजनीतिक बहसहरु नभएको आरोप लागिरहेको सन्दर्भमा तामाङको यो भनाई आएको हो । मुलुकको राजनीतिको केन्द्रीय थलो विश्वविद्यालयले समाज रुपान्तरणमा अरु मेहनत गर्न पर्ने र त्यसो हुन सकेमा मात्र मुलुकको राजनितीले शहि दिशा पक्रन सक्ने उनको दावी थियो ।

अखिल नेकपा विभाजनपछि हालै अखिल क्रान्तिकारीले देशब्यापी संगठन सुध्रिढीकरण कार्यक्रमलाई अभियान नै बनाएर संचालन गर्न भन्दै बिध्यार्थी नेताहरुको नयाँ कार्यबिभाजन समेत गरेको छ ।
संगठनका सचिव अच्युत भट्टले संचालन गरेको बैठकमा विशिष्ट अतिथिका रुपमा पूर्व बिध्यार्थी नेता रमेश मल्लले प्रशिक्षण मन्तब्य राखेका थिए ।कार्यक्रमलाई अखिल(क्रान्तकारी) उपाध्यक्षहरु पञ्चा सिंह र इन्द्र भुषाल महासचिव उत्तम अधिकारी उपमहासचिव तुकमान महरा र कोषध्यक्ष केशव रावलले सम्बोधन गरेका थिए ।

१५ वैशाख २०७८, बुधवार २०:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु