पर्यटन प्रवर्द्धन गर्दै खनियाबास गाउँपालिका
वि.सं.२०८० असार १७ आइतवार १८:१३
shares

धादिङ । धादिङ जिल्लाको खनियाबास गाउँपालिकाले गणेश हिमाल पर्यटन विकास समितिको सहकार्यमा ३ दिने होमस्टे व्यवस्थापन तथा कुक तालिम कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङको रहेको थियो । सभापतिको आसन ग्रहण खनियाबास गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष लिलामान तामाङले गरेका थिए ।
गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उदेश्यसहित स्थानीयहरुलाई प्रोत्साहन स्वरुप बैकल्पिक आयआर्जनमा सहयोग पुग्ने अपेक्षा सहित स्थानीय परम्परागत खेतिबालीलाई प्रोत्साहन गरी अर्गानिक रुपमा होमस्टे सँचालन गरी आयआर्जनमा टेवा पुग्ने गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले बताए।
होमस्टेका माध्यामबाट आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्नुको साथै स्थानीयलाई स्वरोजगार बन्न निकै ठुलो योगदान पुग्ने आधारभुत होमस्टे तथा कुक तालिम प्रदान गरिएको अध्यक्ष तामाङले बताए ।
पर्यटन प्रवर्द्धनसंगै मानव स्वास्थ्यलाई स्वस्थ तथा हराभरा बनाई राख्न प्रकृतिको लएलाई पकड्न आवश्यक रहेको र रसायनिक मिसावटमुक्त तथा हाईजेनिक खानपिनबाट मानव स्वास्थ्यलाई स्वस्थ राख्न होमस्टेले ठुलो मद्दत पुग्ने गणेश हिमाल पर्यटन विकास समितिका कार्यबाहक अध्यक्ष टेक खकुरालले जानकारी दिए ।
त्यस्तै अतिथिमा खनियाबास गाउँपालिकाका निमित्त प्रमुख प्रशासक अधिकृत नवराज श्रेष्ठ, निलकण्ठ नगरपालिकाका सल्लाहकार दिपक कोईराला, ने.का.खनियावास सभापति मरिचमान तामाङ, नेकपा समाजवादीका नेता भवन थापा, वडा सदस्य विमला नेपाली, पूर्व वडा सदस्य तिलक थापा मगर लगाएतले अतिथिको आसन ग्रहण गरेका थिए । कार्यक्रममा समितिका सचिव सुक लामा तामाङको समेत उपस्थिति रहेको थियो ।
साथै अतिथी प्रशिक्षकमा ग्लोबल नेपलीज सेफ फेडेरेसन, सचिव लाल तामाङ, होमेस्टे महासंघ नेपाल कोषाध्यक्ष सुरज बास्तोला होमस्टे डेभलपमेण्ट नेटवर्क अध्यक्ष राजकुमार लामिछाने नेपाली चौरासी ब्यञ्जन ई मेनेजर अमृत श्रेष्ठ लगाएतले प्रशिक्षक गरेका थिए ।
धादिङको खनियाबास गाउँपालिकामा ३ दिने होमस्टे व्यवस्थापन तथा कुक तालिम कार्यक्रम सम्पन्न



































