एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरुलाई सम्मान गर्दै म्यागङ गाउँपालिका
वि.सं.२०८० साउन १२ शुक्रवार १७:५६
shares

नुवाकोट । नुवाकोट जिल्लामा अवस्थीत म्यागङ गाउँपालिका अन्र्तगतका विद्यालयमा हालै प्रकाशित एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरुलाई गाउँपालिकाले सम्मान गर्ने भएको छ । गाउँपालिकाले यही साउन १८ गते एक विशेष कार्यक्रम आयोजना गरि परिक्षामा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्न लागेको हो ।
एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री विन्दुकेशर माध्यामिक विद्यालयका छात्रा बिमला भुजेलले ३.६० जिपिए, सोही विद्यालयका छात्र सुदिप सापकोटाले ३.६०, सुबोध श्रेष्ठले ३.५० जिपिए ल्याएका छन् । त्यसैगरी श्री देउराली मा.विका छात्रा संचिता तामाङले ३.४०, शुशिला तामाङले ३.४०, अमिना तामाङले ३.२५ जिपिए प्राप्त गरेका छन् । साथै श्री भुमेदेवी मा.वि का छात्र सुर्य विक्रम तामाङले ३.२५, श्री ग्रामसेवा मा.वि का विद्यार्थी मुस्कान तामाङले ३.२५ जिपिए ल्याएका हुन् ।
उक्त कार्यक्रममा गाउँपालिका क्षेत्रका जनप्रतिनिधि, शैक्षिक क्षेत्रका प्रतिनिधि, समाजसेवी लगायतको उपस्थीतिमा कार्यक्रम सम्पन्न हुने भएको छ ।
(विज्ञप्तीसहित)

















