लुम्बिनी विकास कोषमा उपाध्यक्षमा डा. लामा एक उपयुक्त ब्यक्ती !
नियुक्त गर्न संस्कृति,पर्यटन मन्त्रालय तयार , उपाध्यक्षमा ल्यारक्याल लामा नियुक्ती भए मात्रै कोषका लागि सर्वमान्य मानिने

काठमाडौं । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय) को कार्यकाल सोमबारदेखि सकिएसँगै सो पदका लागि आकांक्षीहरुको चर्चा परिचर्चा तिव्र रुपमा हुन थालेको छ ।यसैबिच नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पुर्व मन्त्री बौद्ध धर्म गुरु डा. ल्यारक्याल लामा (खेन्पो छिमे छिरिङ) उपाध्यक्षका लागि प्रमुख ब्यक्तीको रुपमा रहेका छन् ।
लुम्बिनी विकास कोषका उपाध्यक्षमा माओवादी पार्टी भित्र पनि उनलाई नै नियुक्त गर्नुपर्छ भन्दै दबाब बढी रहेको छ । साथै अन्य राजनिति पार्टीका शिर्ष नेताहरुले समेत डा. लामालाई नै बनाउन प्रधानमन्त्री, पर्यटन मन्त्रालय समक्ष आग्रह गर्दै आएका हुन् ।
यो कोषका लागि एक उपयुक्त ब्यक्ती उनी मात्रै हुन् भन्दै बिभिन्न ब्यक्तीहरु, बौद्धीक वर्ग, धार्मिक क्षेत्र साथै राजनितिक विश्लेकहरुले समेत बताउँदै आएका छन् ।
धर्म गुरु डा.लामा समाजसेवी पनि हुन् । लामो समय नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सल्लाहाकार समितिमा समेत रहेर काम गरेका पुर्व मन्त्री लामा अध्यक्ष प्रचण्डको एक विश्वासिलो पात्रको रुपमा चिनिन्छन् ।
पुर्व मन्त्री समेत भई सकेका लामो समय बिभिन्न विशिष्ट क्षेत्रमा काम गर्दै आएका लामालाई उपाध्यक्ष नियुक्त गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय तयार नै रहेको स्रोतले बताएको छ ।
लुम्बिनी विकास कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराती रहेका छन् । कोषको अध्यक्ष स्वत संस्कृति,पर्यटन मन्त्री नै हुने ब्यवस्था रहेको छ ।
कोषको उपाध्यक्षमा त्रिपाठी २०७५ सालमा नियुक्त भएका थिए । उनको पाँच वर्षे कार्यकाल सकिएसँगै नयाँ उपाध्यक्षका लागि पद खालि भएको हो ।
सोमबार कार्यकाल सकिएका उपाध्यक्ष त्रिपाठीलाई अझैसम्म औपचारिक कार्यक्रम गरेर बिदाइ गरिएको छैन । नयाँ नियुक्ति भएपछि मात्र कार्यकाल सकिएकालाई लुम्बिनी विकास कोषले बिदाइ गर्ने योजना बनाएको छ ।
यो पनि पढ्नुहोस्
https://muktikhabar.com/breaking-news
१२ साउन २०८०, शुक्रवार २०:०७ बजे प्रकाशित