कांग्रेस सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण, ट्रमा सेन्टर लगियाे

7.14K
shares

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंको भृकुटीमण्डपमा सांघातिक आक्रमण भएको छ । रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको हो । 

यादव कार्यक्रमबाट बाहिरिने क्रममा नुवाकोट घर भएका श्याम सापकोटा भन्ने व्यक्तिले आक्रमण गरेकाे काठमाडौं परिसरका एसपी कुमोद ढुंगेलले जानकारी दिए। सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
सहमहामन्त्री यादवलाई अहिले ट्रमा सेन्टरमा लगिएको छ । उनको टाउको पछाडि चोट लागेको छ ।

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083