एक महिना भित्र निर्माण कार्य सम्पन्न गर्न उपाध्यक्ष डा.लामाको निर्देशन !

15.9K
shares

लुम्बिनी । माननीय संविधानसभा सदस्य तथा नवनियुक्त लुम्बिनी विकास काेषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले गुरुयोजनाको निर्माणको काम एक महिना भित्र सम्पन्न गर्न निर्देशन दिनु भएको छ । बुधबार निरीक्षण तथा अनुगमनपछि उहाँले विकास निर्माण आयोजनाको गुणस्तरीयतामा ध्यानदिएर एक महिना भित्र काम सम्पन्न गर्न निर्देशन दिनुभएको हो।

लुम्बिनी विकास कोषको गुरुयोजना ४५ वर्षपछि पूरा हुने अन्तिम चरणमा पुगेको छ तर काम भने अधुरै रहेको छ।
लुम्बिनी विकास कोषले दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीसँग पहिलो चरणको ठेक्का सम्झौता गरे पनि सम्झौताको करिब २ महिना बाँकी रहदा पनि निर्माण कार्य आधा पनि हुन सक्दा लुम्बिनी विकास कोषका नव नियुक्त उपाध्यक्ष डा.ल्हारक्याल लामाले फिल्डमा गएर निमार्ण कार्यको अनुगमन गर्नु भएको हो ।

उपाध्यक्ष डा.लामाले निर्माण व्यवसायीलाई सचेत गराएको एक हप्ता पछि फिल्डमा गएर निमार्ण कार्यको अनुगमन तथा निरीक्षण गर्नु भएको हो। ठेक्का सम्झौता गरेका निर्माण कम्पनीहरुलाई फिल्डमा बोलाएर एक महिना भित्र काम सम्पन्न गर्न निर्देशन दिनुको साथै काम सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने चेतावनी दिएका हुन् ।

ठेक्का सम्झौता लुम्बिनी अनक खड्का कृष्ण जेभी, लामा एपेक्स कमलजीत जेभी, रमन गजुरमुखी रामजानकी जेभी र खानी अर्घाखाँची बाबुल जेभीसँग लुम्बिनी विकास कोषले गुरुयोजनाअन्तर्गतका विभिन्न कामका लागि अलगअलग ठेक्का सम्झौता गरेको थियो।

सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले लुम्बिनी गुरुयोजना तयार पारेका थिए । लुम्बिनी गुरुयोजनाका बाँकी काम एकैपटक सक्न ग्लोबल टेण्डर आह्वान गर्न ठेक्का सम्झौता भए पनि अहिले सम्म गुरुयोजना सम्पन्न हुन सकेको छैन ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083