प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाद्वारा नेपाल पुलिस स्कुल सामाखुसीको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
वि.सं.२०८० मंसिर २० बुधवार २२:०६
shares

काठमाण्डौ । नेपाल पुलिस स्कुल सामाखुसीका संरक्षक तथा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाद्वारा बुधबार नेपाल पुलिस स्कुल सामाखुसी काठमाण्डौको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।
निरीक्षण तथा निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले शिक्षण पेसा सबैभन्दा आदरणीय र जिम्मेवार पेसा भएकाले शिक्षक पेसामा शिक्षकसँग ज्ञान, सीप र दक्षता संगै दूरदृष्टि क्षमता, पहिचान शक्ति, राष्ट्रप्रतिको चिन्ता, जीवनप्रतिको संवेदनशीलता, पेसाप्रतिको इमान्दारिता भएमा भविष्यको लागी मानव जीवनका सर्वांगीण क्षेत्रमा सकारात्मक र जिम्मेवार नागरिक विकास गर्न मद्दत पुग्ने बताउनुभयो ।
साथै स्कुलको गुणस्तरीय नतिजा तथा विधार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि स्कुलमा सम्वद्व सम्पुर्ण पदाधिकारीहरु तथा शिक्षकहरू एक्यवद्व हुन अनुरोध गर्दै शिक्षकहरुलाई आधुनिक शिक्षा तथा प्रविधिको ज्ञान हुनुपर्नेमा समेत जोड दिनुभयो।
निरीक्षणको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक थापाले नेपाल पुलिस स्कुल परिसर भित्रका विभिन्न स्थलहरूको निरीक्षण गर्नुका साथै स्कुलका सम्वधमा जानकारी लिनुभएको थियो । कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी
कार्यालयका प्रहरी नायव महानिरीक्षक लालमणी आचार्य ,जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्री, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, नेपाल पुलिस स्कुल सामाखुशीका प्राचार्य, समादेशक र शिक्षक शिक्षिकाहरु लगायत प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो ।






























