आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा
वि.सं.२०८० मंसिर २६ मंगलवार १७:३८
4.98K
shares
shares

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन् ।
मंगलबार उनले राजीनामा पत्र बुझाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले पुष्टी गरे । मंसिर २७ बाट लागू हुने गरी थानीले राजीनामा बुझाएका हुन् ।
सरकारले २०७८ फागुन २६ गतेको निगमको कार्यकारी निर्देशकमा थानीलाई तीन वर्षका लागि नियुक्त गरेको थियो ।






























