ख्रीष्टियन महासंघका अध्यक्ष गहतराज पक्राउ
वि.सं.२०८० मंसिर २६ मंगलवार १७:४४
6.16K
shares
shares

काठमाडौं । नक्कली सर्टिफिकेट प्रकरणमा राष्ट्रिय ख्रिष्टियन महासंघका अध्यक्ष चरीबहादुर गहतराज पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार दिउँसो सिंहदरबार क्षेत्रबाट गहतराजलाई पक्राउ गरेको हो ।उनीमाथि स्नातक तहको ट्रान्सक्रिप्ट, माइग्रेसन लगायतको कागजात किर्ते गरेको उजुरी परेको थियो ।
गहतराजले पशुपति क्याम्पसबाट प्रथम श्रेणीमा ब्याचलर पास भएको भनी कागजात बनाएका थिए । उक्त कागजातको छानबिन गर्दा नक्कली भएको पुष्टि भएको थियो ।
उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।





























