प्रहरी उपरीक्षक भरत बहादुर वि.क.द्वार फेरी भेटौला कार्यक्रम सम्पन्न
वि.सं.२०८० पुस ११ बुधवार २०:२२
shares

रुपन्देही । रुपन्देहीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर वि.क.द्वारा एक कार्यक्रम बिच मायाको चिनो प्रदान गरी आगामी फेरी भेटौला कार्यक्रम सम्पन्न भएकाे छ ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको पत्रादेशले ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट नेपाल प्रहरी प्रधान कार्यालय परिचालन कक्ष नक्साल काठमाण्डौ काज खटिई जान लाग्नु भएका प्रहरी नायव उपरीक्षक दान बहादुर थापालाई बिदाई गर्नु भएकाे थियाे ।
सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थितमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर वि.क.द्वारा एक कार्यक्रम बिच मायाको चिनो प्रदान गरी आगामी कार्यकालको सफलताको शुभकामना सहित फेरी भेटौला कार्यक्रम सम्पन्न भएकाे थियाे ।
































