एसएसपी कार्कीलाई केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी

5.17K
shares

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरीको निमित्त केन्द्रीय प्रहरी प्रवक्ताको अधिकारीको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीलाई दिएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरक्षिकको सचिवालयमा कार्यरत एसएसपी कार्कीलाई निमित्त केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी दिएको हो।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि एसएसपी कार्कीलाई केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका डीआईजी कुवेर कडायतको लुम्बिनी प्रदेशमा सरुवा भएसँगै प्रवक्ताको जिम्मेवारी कार्कीले पाएका हुन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083