माओवादी केन्द्र “खाेटेहाङ्ग गाउँपालिका काठमाडौ सम्पर्क समन्वय समिति” काे सम्मेलन सम्पन्न

7.44K
shares

काठमाडौ । नेकपा (माओवादी ) केन्द्र खाेटाङ काठमाडौ सम्पर्क समन्वय समिति अन्तर्गत “खाेटेहाङ्ग गाउँपालिका काठमाडौ सम्पर्क समन्वय समिति” काे दोस्रो सम्मेलन भएकाे छ।
माओवादी केन्द्र पार्टीका लेखा आयाेग सदस्य शंकर अङ्गामीकाे प्रमुख आतिथ्यतामा आज पार्टी कार्यलय पेरिसडाँडा काेटेश्वरमा सम्पन्न भएकाे हाे ।

‘सम्मेलनले जसदिप राईकाे अध्यक्षतामा ७ पदाधिकारी ,१७ सदस्यीय सर्बसम्मत चयन गर्दै  नयाँ समिति निर्वाचित गरेको छ ।उपाध्यक्षमा जय कुमार राई, रन्जित राई, वृषराज राई सचिवमा भुमिराज अधिकारी सहसचिवमा ममता राई र काेषाध्यक्षमा सुनिता राई निर्वाचित भएका छन् ।

सदस्यहरुमा रमेश राई,गंगा राई,सजिना राई,सागर राई,भुपेन्द्र राई,राम प्रसाद राई,सराेज राई,हेमराज मगर लगाएत लगाएत निर्वाचित भएका छन्।

नवनिर्वाचित कार्यसमितिलाई  प्रमुख अतिथि शंकर अङ्गामिले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

खाेटेहाङ्ग गाउँपालिका काठमाडौ सम्पर्क समन्वय समितिका अध्यक्ष जसदिप राईकाे अध्यक्षतामा भएकाे सम्मेलनमा विशेष अतिथि अतिथिहरु जय प्रकाश राई,डा. बिष्णु राई,डाक्टर किरात राई, खेम प्रधान, शुसिला राई गजेन्द्र राई लगाएतको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083