प्रहरी कर्मचारीहरुलाई आध्यात्मिक प्रवचन

3.64K
shares

बिराटनगर । आध्यात्मिक गुरु रुपेशश्वर गौर दासद्वारा प्रहरी कर्मचारीहरुलाई आध्यात्मिक प्रवचन प्रदान गर्नु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा आयोजित प्रवचन कार्यक्रममा वहाँले प्रहरी कर्मचारीहरुलाई मावन जीवन उपयोगी आध्यात्मिक प्रवचन दिनु भएको हो ।

शान्ति सुरक्षाको महत्वपुर्ण जिम्मेवारी वहन गर्दै आईरहेको नेपाल प्रहरी संगठमा कार्यरत प्रहरी कर्मचारीहरुको व्यक्तिगत तनाव व्यवस्थापन गरी तनाव रहित वातावरणमा आम नागरिकलाई सुरक्षा प्रदान गर्न सक्ने क्षमता अभिवृद्धिका लागि उक्त प्रवचन कार्यक्रमको आयोजना गरिएको हो ।

प्रवचन कार्यक्रममा पाल्नु भएका आध्यात्मिक गुरु रुपेशश्वर गौर दासलाई कोशी प्रदेश प्रहरी कार्यालय बिराटनरका प्रहरी उपरीक्षक ऋषिराम कंडेलले स्वागत गर्नु भएको थियो भने प्रदेश प्रहरी गण बिराटनगरका प्रहरी उपरीक्षक लक्ष्मी राज अधिकारीले प्रवचन कार्यक्रममा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

प्रवचन कार्यक्रममा प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083