प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठकाे प्रमुख आतिथ्यतामा एक दिने अनुशिक्षण तालिम सम्पन्न

राैतहट । जिल्ला प्रहरी कार्यलय राैतहटका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठकाे प्रमुख आतिथ्यतामा एक दिने अनुशिक्षण तालिम सम्पन्न भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा आयोजित अपराध अनुसन्धान तथा कारवाही सम्बन्धि एक दिने अनुशिक्षण तालिम सम्पन्न भएकाे हाे ।
सहभागी जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहात समेतमा मुद्दा चल्ने ईकाईहरुमा अपराध अनुसन्धान समुह अन्तरगत कार्यरत प्रहरी कर्मचारीहरुलाई तालिम प्रदान गरिएकाे हाे ।
उक्त कार्यक्रममा कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठ , प्रहरी नायव उपरीक्षक एलिजा गिरी , प्र.नि. उमाशंकर प्रसाद लगाएतकाे उपस्थिति रहेकाे थियाे ।
अतिथिबाट अपराध अनुसन्धान तथा सबुद प्रमाण संकलन गर्दा ध्यान दिनु पर्ने कुराहरू,कठिनाईहरु, सेवाग्राही तथा पिडित संग गर्ने व्यवहार र प्रमाणमुखि अनुसन्धान कसरी गर्न सकिन्छ भन्ने जस्ता अन्य अपराध अनुसन्धान अनुसन्धान संग सम्बन्धित महत्वपुर्ण बुँदाहरुमा छलफल तथा अन्तरकृया गरी आवश्यक निर्देशन दिदैँ एक दिने अपराध अनुसन्धान अनुशिक्षण तालिम सम्पन्न भएकाे थियाे ।
२७ माघ २०८०, शनिवार १५:४७ बजे प्रकाशित