प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीको प्रमुख आतिथ्यतामा सरस्वती देवीको पुजा अर्चना कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीको प्रमुख आतिथ्यतामा श्रीपञ्चमी (वसन्त श्रवण) अर्थात अधिष्ठात्री देवी सरस्वती देवीको पुजा अर्चना गरि कार्यक्रम सम्पन्न भएकाे छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको सगरमाथा कवाज मैदानमा सम्पूर्ण प्रतिष्ठान परिवारहरु माझ श्रीपञ्चमी सरस्वती देवीको पुजा अर्चना गरी मनाईएकाे हाे ।

उक्त अवसरमा प्रमुख अतिथिले नेपाल प्रहरी अधिकृतहरुको व्यावसायिक जीवनको पहिलो खुड्किलो तथा दक्ष जनशक्ती उत्पादनमा अनवरत अहम् भुमिका निर्वाह गर्दै आएको विद्याको मन्दिर यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले आउदा दिनहरुमा समेत प्रशिक्षण विधि तथा कलालाई निरन्तर उत्कृष्ट एवम् विशिष्टीकृत गर्दै लैजानु पर्ने कुरा उल्लेख गर्नु भयो ।

साथै विद्याकी देवी सरस्वती पुजाको अवसरमा प्रतिष्ठानमा प्रशिक्षणरत प्रशिक्षार्थीहरु लगायत सम्पूर्ण रा.प्र.प्र.प्र.का प्रहरी कर्मचारीहरुको व्यक्तिगत तथा व्यावसायिक सफलता एवम् सुखमय जीवनको शुभकामना समेत व्यक्त गर्नु भयो । सो कार्यक्रममा प्रतिष्ठानका पुजारी मुकुन्द अधिकारीले सरस्वती वन्दना स्तुती पाठ गर्नु भएको थियो ।

उक्त कार्यक्रममा प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक उमेशराज जोशी, अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, प्रतिष्ठानका सह-निर्देशकहरु, सिनियर प्रही अधिकृतहरु र जुनियर प्रहरी अधिकृत लगायत प्रशिक्षक वर्ग तथा प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो ।

२ फागुन २०८०, बुधवार १६:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु