पूर्व प्रहरी कर्मचारीहरूसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

5.53K
shares

पाेखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विकास राज खनाल र नेपाल प्रहरीका पूर्व प्रहरी कर्मचारीहरु विच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विकासराज खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा सहभागी पूर्व प्रहरी कर्मचारीहरूले विभिन्न विषयमा सुझाव एवम् अपेक्षा राख्नुभएको थियो भने गण्डकी प्रदेश प्रहरी प्रमुख खनालले निरन्तर समन्वय गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा कास्की जिल्ला पूर्व प्रहरी संगठनका अध्यक्ष पूर्व प्रहरी निरीक्षक धर्मराज पौडेल लगायत पूर्व प्रहरी संगठनका पदाधिकारीहरुले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विकास राज खनाललाई पुष्पगुच्छा सहित स्वागत गर्नु भएको थियो ।