विदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यकाे प्रमुख आतिथ्यतामा विदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भएकाे छ।

कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतमा विगत ८ महिनादेखी कार्यरत प्रहरी नायव उपरीक्षक राजेश राज पुरी Nepal Army Command and Staff College, शिवपुरी काठमाण्डौमा सञ्चालन हुने सि.सं. ३१ कमाण्ड तथा स्टाफ कोर्षको लागि संगठनको तर्फबाट छनौट भएको र उक्त प्रशिक्षणका लागि २०८०।११।२२ गते देखि संचालन हुने प्रि-कोर्षमा सहभागीता हुन जान लाग्नु भएका उपरीक्षकलाई कार्यालयबाट विदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भएकाे हाे ।

सो कार्यक्रममा कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले योग्य, दक्ष र सिमित प्रहरी अधिकृतले मात्रै सहभागिताको अबसर प्राप्त गर्ने उक्त कोर्षमा छनौट भई प्रस्थान हुन लाग्नु भएका प्रहरी नायव उपरीक्षक राजेश राज पुरीलाई बधाई दिनुहुँदै नेपाल प्रहरीको तर्फबाट संगठनको प्रतिष्ठा एवं गरिमालाई उच्च राख्दै सन् २०१६ मा Indian National Police Academy, Hyderabad मा IPS तालिममा सर्बोत्कृष्ट हुँदै Sword of Honor सम्मानद्वारा सम्मानित हुन सफलता प्राप्त गरे झै यो कोर्षको पनि उत्कृष्ठ नतिजा सहित सफलतापुर्वक तालिम सम्पन्न गर्न शुभकामना दिनु हुँदै मायाको चिनो समेत प्रदान गर्नु भएको थियो ।

उक्त कार्यक्रममा यस कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक वीर बहादुर ओली लगायत अन्य प्रहरी अधिकृत एवं कर्मचारीहरुको सहभागिता रहेको थियो ।

१६ फागुन २०८०, बुधवार १८:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु