प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा ” एक दिवशीय तालिम क्यालेण्डर निर्माण गोष्ठी” सम्पन्न

4.36K
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक  सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा ” एक दिवशीय तालिम क्यालेण्डर निर्माण गोष्ठी” सम्पन्न भएकाे छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीको प्रमुख आतिथ्यतामा प्रतिष्ठानको तत्वावधानमा सञ्चालन हुने तालिम प्रदायक प्रहरी कार्यालयहरु र नेपाल प्रहरी प्रधान कार्यालयका विभिन्न इकाइका प्रतिनिधीहरुकाे उपस्थितीमा आ.व. २०८१/०८२ को तालिम क्यालेण्डर निर्माण गर्ने सम्बन्धमा “एक दिवशीय तालिम क्यालेण्डर निर्माण गोष्ठी” सम्पन्न भएकाे हाे ।

प्रमुख अतिथिद्वारा पानसमा दीप प्रज्वलन गरी समुद्‍घाटन गर्नु भएको सो गोष्टीमा स्वागत मन्तव्य प्रतिष्ठानका उप-निर्देशक प्रहरी उपरीक्षक गोविन्द राज काफ्लेले राख्नु भएको थियो ।

      उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण प्रतिनिधिहरुले सम्बन्धित तालिम प्रदायक प्रहरी कार्यालयको आ.व. २०८१/०८२ को लागी निर्माण गरिएको तालिम क्यालेण्डर सम्बन्धि प्रस्तुतीकरण गर्नु भएको थियो । सोही कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयका विभिन्न इकाइका प्रतिनिधिहरुले प्रस्तुतीकरण पश्चात आफ्नो राय, सुझाव तथा टिप्पणी राख्नु भएको थियो ।

     प्रमुख अतिथिले सार संक्षेप सहितको मन्तव्य राख्ने क्रममा प्रस्तावित तालिम क्यालेण्डर प्रभावकारी विश्लेषण पश्चात समयसापेक्ष रुपमा तयार भएको विश्वास प्रकट गर्नु हुँदै नेपाल प्रहरी संगठनभित्र संचालन हुने तालिमलाई व्यवस्थित, समयसापेक्ष, एकरुपता, प्रभावकारी र नतिजामूलक बनाउने उद्देश्यले जारी गरिएको नेपाल प्रहरीको तालिम संचालन कार्यादेश, २०७९ बमोजिम तालिम संचालन सम्बन्धि सम्पूर्ण गतिविधिहरु गर्न गराउन निर्देशन प्रदान गर्नु भएको थियो ।

      उक्त गोष्ठीमा प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सह-निर्देशक, उप-निर्देशकहरु लगायत यस प्रतिष्ठानको तत्वावधानमा तालिम संचालन हुने सम्पूर्ण प्रहरी इकाईका तालिम शाखा प्रमुखहरु साथै नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतका विभिन्न कार्यालयका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083