प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी. काे प्रमुख आतिथ्यतामा “नि:शुल्क स्वास्थ्य शिविर” कार्यक्रम सम्पन्न

4.64K
shares

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी. काे प्रमुख आतिथ्यतामा “नि:शुल्क स्वास्थ्य शिविर र पानी वितरण” कार्यक्रम सम्पन्न भएकाे छ ।

‌११४ औं अन्तराष्ट्रिय महिला (नारी) दिवस तथा महाशिवरात्रीको अवसरमा नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशको आयोजनामा धनगढी उप-महानगरपालिका वडा नं.४ स्थित शिवपुरीधाम शिव मन्दिर प्राङ्गणमा नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएकाे हाे ।

उक्त कार्यक्रमको अध्यक्षता नेपाल प्रहरी श्रीमती संघ सुदुरपश्चिमकी प्रशासन सचिव टेक कुमारी गाहा मगरले गर्नु भएको थियो ।

साथै उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिल्लीराज बिष्ट , नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक राजीब बहादुर बस्नेत , जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर बिष्ट , सुदूरपश्चिम प्रदेश प्रहरी गणका प्रहरी नायव उपरीक्षक राम बहादुर चन्द, जिल्ला ट्राफीक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक दिपक बहादुर मल्ल , नेपाल प्रहरी बिध्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र बहादुर बोहरा नेपाल प्रहरी अस्पताल धनगढीको मेडिकल टिम , नेपाल प्रहरी श्रीमती संघ सुदुरपश्चिम प्रदेशका पदाधीकारीहरु लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

उक्त कार्यक्रममा महिला ७३ जना र पुरुष १३५ जना गरि जम्मा २०८जनाले स्वास्थ्य लाभ लिनु भएको थियो ।