एआईजी सन्दिप भण्डारीद्वारा नेपाल प्रहरीका महिला तथा पुरुष कबड्डी खेलाडीलाई बधाई

3.97K
shares

   काठमाडौ । नेपाल प्रहरीका महिला कबड्डडी खेलाडी तथा पुरुष कबड्डी खेलाडीहरुलाई राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले बधाई दिएका छन् ।

“महिला तथा पुरुष कबड्डी सुपर लिग” प्रतियाेगितामा च्याम्पियन एवम् तृतिय स्थान हासिल गरे पछि एआईजि भण्डारीले  बधाई दिएका हुन्।

११४ अाै अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसरमा २०८०/११/२३ गते देखि २५ गते सम्म त्रिपुरेश्वरमा संचालन भएकाे महिला तथा पुरुष कबड्डी सुपर लिग प्रतियाेगिताकाे फाईनल खेलमा एपिएफ टिमलाई पराजित गरी महिला कबड्डी टिम च्याम्पियन बन्न सफल भएकाे हाे ।
साथै उक्त प्रतियाेगितामा पुरुष कबड्डी टिमले तृतीय स्थान हासिल गर्न सफल भएकाे थियाे ।