जनचेतनामुलक पाठ्य सामाग्री २०८१ हस्तान्तरण एवं सम्झौता कार्यक्रम सम्पन्न

काठमाडौ । काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा जनचेतनामूलक पाठ्सामाग्री २०८१ हस्तान्तरण एवं सम्झौता कार्यक्रम सम्पन्न भएको छ।
विद्यालय स्तरका बाल-बालिकालाई लागू औषध दुर्व्यसनी, साईवर अपराध, विद्यालय स्तरमा हुने यौन हिंसा तथा यौन जन्य अपराध, सवारी दुर्घटना, चोरी लगायत बिभिन्न समाजिक विकृति विसंगतिबाट वचाउन एवं विद्यालयमा शिक्षक वर्ग मार्फत विद्यार्थी एवं अभिभावकहरुलाई सचेतना अभिवृद्दी गरि अपराध न्यूनिकरण एवं नियन्त्रण गर्ने प्रमुख लक्ष्यका साथ जिल्ला प्रहरी परिसर, काठमाण्डौबाट जनचेतनामूलक पाठ्यसामाग्री तयार गरी चन्द्रागिरि नगरपालिका र जिल्ला प्रहरी परिसर काठमाण्डौंको साझेदारीमा चन्द्रागिरि नगरपालिका भित्रका सम्पूर्ण सार्वजानिक नीजि तथा संस्थागत विद्यालय प्रधानाध्यपकहरुसंग अनिवार्य पठन पाठन हुने गरी जनचेतनामूलक पाठ्यसामाग्री हस्तान्तरण तथा सम्झौता कार्यक्रम सम्पन्न भएको हाे ।
चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीको अध्यक्षतामा, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत तथा काठमाण्डौं जिल्ला प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्री लगायको आतिथ्यतामा २५० जना विद्यालयका प्रधानाध्यापकहरु तथा शिक्षकहरुको उपस्थितमा कार्यक्रम सम्मन्न भएको थियाे ।
१० चैत २०८०, शनिवार ००:२९ बजे प्रकाशित