लुम्बिनी सम्मेलनले विश्वमा बौद्ध शिक्षा र सन्देश पुर्याउन मद्दत गर्छ-मन्त्री तामाङ

लुम्बिनी। नेपाल सरकारका संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री हितबहादुर तामाङले बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर गरिएको लुम्बिनी सम्मेलनले विश्वमा बौद्ध शिक्षा र यसको सन्देश पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री तामाङले अहिलेको विश्वमा विभिन्न प्रकारको द्वन्द्वहरू देखा परेकाले त्यसका लागि बुद्धभूमि नेपालबाट पहल गर्न पर्ने धारणा समेत व्यक्त गरेका छन् ।
बुद्धको शिक्षा बैज्ञानिक र व्यवहारिक रहेको बताउँदै लुम्बिनी सम्मेलनले विश्वमा शान्ति, करुणा र अहिंसाको सन्देश दिन सफल हुनुपर्ने बताए। बुद्धले आफैलाई चिन्नुपर्छ भनेर दिएको शिक्षा आजको विश्वमा झन बढि अपरिहार्य बन्दै गएको बताएका हुन् ।
यस्तै लुम्बिनीमा आएका विभिन्न देशका गैरआवासिय राजदूत र महावाणिज्यदुतहरूलाई स्वागत गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमे)ले बौद्ध दर्शनले विश्वमा शान्ति र अहिंसा कायम गर्न महत्वपूर्ण योगदान गर्ने बताए। उनले विश्व शान्ति प्रवर्द्धन गर्ने र विश्वमा देखिएको द्वन्द्व समाधान गरि सहिष्णुता कायम गर्ने बताए। उपाध्यक्ष डा. लामाले बुद्धका शिक्षाहरू विश्भर फैलाउन सक्दा शान्ति, करुणा, सदभाव कायम गर्न सकिने भएकाले यसको सन्देश प्रचार गर्न आग्रह गरे। भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्ति र समृद्धि स्थापनाका लागि बुद्धको शिक्षालाई कुटनितिक शक्तिका रुपमा ग्रहण गर्नुपर्ने सन्देश दिइएको छ।
परराष्ट्र मन्त्रालय र अनरी कन्सुलर कर्प नेपालको दुई दिने सम्मेलनको अन्तिम दिन शुक्रबार बुद्धजन्मस्थल लुम्बिनीबाट उपप्रधान तथा परराष्ट्रमन्त्रीको उपस्थितीमा विभिन्न देशका गैरआवासिय राजदूत र महावाणिज्य दुतहरूले बुद्धको शान्ति र अहिंसाको मार्गलाई कुटनितिक शक्तिका रुपमा प्रयोग गर्दै शान्ति र समृद्धिको नेतृत्व गर्न सकिने सन्देश दिएका हुन्।
मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको विश्वमा विभिन्न प्रकारको द्वन्द्वहरू देखा परेकाले त्यसका लागि बुद्धभूमि नेपालबाट पहल गर्न सकिने बताए। उपप्रधानमन्त्री श्रेष्ठले बुद्धको शिक्षा बैज्ञानिक र व्यवहारिक रहेको बताउँदै लुम्बिनी सम्मेलनले विश्वमा शान्ति, करुणा र अहिंसाको सन्देश दिन सफल हुनुपर्ने बताए। बुद्धले आफैलाई चिन्नुपर्छ भनेर दिएको शिक्षा आजको विश्वमा झन बढि अपरिहार्य बन्दै गएको उनले बताए।
विहिबारदेखि शुरु भएको सम्मेलनमा विभिन्न १९ देशका गैरआवासीय राजदूत, विभिन्न देशका वाणिज्यदूतहरू र सरकारी अधिकारीहरू बुद्धजन्मस्थल लुम्बिनीमै आएर बुद्ध, शान्ती र समृद्विका लागि एकताबद्ध भई सन्देश दिएका हुन। बुद्धको पवित्र जन्मस्थलमा आएर सम्मेलनमार्फत विश्वभमा बढ्दै गएको द्वन्द्व र अहिंसालाई त्याग्दै शान्तिबाटै समृद्धिको बाटोमा जान महत्वपूर्ण सन्देश दिन सकिएको आयोजक अनरी कन्सुलर कर्प नेपालका डिन विष्णु कुमार अग्रवालले बताए।
मायादेवीमा भएको कार्यक्रममा इन्डोनेशियाका राजदूत एनआर हेरु, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बोलेका थिए। कार्यक्रममा नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोषका पदाधिकारी,बोर्ड सदस्य, पर्यटन व्यवसायी लगायतको उपस्थिती रहेको थियो। सम्मेलन अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मंगोलिया, इन्डोनेसिया, सेय्चेल्लेस, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस,आयरल्यान्ड, स्पेन, लातिभिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन रिपब्लिक रोमानियाका गैरआवासीय राजदूतहरू सहभागी भएका हुन्।
९ चैत २०८०, शुक्रवार २१:३८ बजे प्रकाशित