प्रहरी नायव महानिरीक्षक विकासराज खनालद्वारा प्रहरी कार्यालय स्याङ्जाकाे निरीक्षण
स्याङ्जा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विकासराज खनालले जिल्ला प्रहरी कार्यालय स्याङ्जा मातहत वडा प्रहरी कार्यालय वालिङ र इलाका प्रहरी कार्यालय चापाकोट स्याङ्जाको निरीक्षण गर्नु भएको छ ।
प्रहरी नायव महानिरीक्षक विकासराज खनालले आज निरीक्षण भ्रमण सम्पन्न गर्नु भएको हाे।
निरीक्षण भ्रमणका क्रममा खनालले कार्यालयबाट सम्पादित काम कारबाही, सेवा प्रबाह र गुनासो बिषयमा जानकारी लिनु भई बिभिन्न शाखाहरू, मेष, चमेनागृह ,क्वाटरगार्ड र थुनुवा कक्ष र कार्यालय कम्पाउण्ड समेतको निरीक्षण अनुगमन पश्चात कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई व्यवसायीक, अनुशासन एंव कर्तव्यनिष्ठ भई उच्च मनोवलका साथ कार्य सम्पादन गर्न आवश्यक निर्देशन समेत दिनु भयाे ।
उक्त कार्यक्रममा स्थानिय जनप्रतिनिधी, समाजसेवी,राजनैतिक दलका पाटी प्रतिनिधीहरू संग अपराध नियन्त्रण, शान्ति सुरक्षा र हालको समसामयिक बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएकाे थियाे ।
१४ चैत २०८०, बुधवार १९:४६ बजे प्रकाशित