प्रहरी नायव उपरीक्षकहरूको स्वागत तथा फेरी भेटौला कार्यक्रम सम्पन्न

माेरङ। जिल्ला प्रहरी कार्यालय माेरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीकाे प्रमुख आतिथ्यतामा प्रहरी नायव उपरीक्षकहरूको स्वागत तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी नायव उपरीक्षक रञ्जन कुमार दाहाल र मातहत वडा प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठको सरूवा भएको हाे ।
त्यसै गरि सरुवा भई कार्यालय मातहत वडा प्रहरी कार्यालय विराटनगरमा आउनु भएको प्रहरी नायव उपरीक्षक बुद्ध श्रेष्ठलाई आज प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीद्वारा स्वागत गर्नु भएकाे थियाे ।
उक्त कार्यक्रममा प्रहरी नायब उपरीक्षक, निरीक्षक , सिनियर / जुनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेको थियाे ।
१४ चैत २०८०, बुधवार २०:५० बजे प्रकाशित