स्थानिय तह-प्रहरी-विद्यालय सम्पर्क कार्यक्रमको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न

4.38K
shares

सिरहा । सिरहा जिल्ला अर्नमा गाउँपालिकाका अध्यक्ष अशोक यादवको प्रमुख आतिथ्यमा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, जिल्ला प्रहरी कार्यालय सिरहाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सन्तोष आचार्यकाे उपस्थितिमा स्थानिय तह-प्रहरी-विद्यालय सम्पर्क कार्यक्रमको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान सामुदायिक सुरक्षा महाशाखाको (च.न. ४१९६) २०८०।१०।०९ गतेको प्राप्त पत्र द्वारा तयार पारिएको “स्थानिय तह-प्रहरी-विद्यालय सम्पर्क कार्यक्रम पुस्तिका २०८०” को सम्बन्धमा आज जिल्ला सिरहा अर्नमा गाउँपालिका वडा नं.०३ स्थित अर्नामा गाउँपालिकाको कार्यालयमा जिल्ला प्रहरी कार्यालय सिरहाको आयोजनामा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हाे ।

उक्त कार्यक्रममा अर्नमा गाउँपालिकाको उपाध्यक्ष शोभा कुमारी साह, गाउँपालिकाका शिक्षा शाखा प्रमुख नथुनी साह लगातय गाउँपालिकाका अन्य वडाका वडा अध्यक्षहरु, ईलाका प्रहरी कार्यालय अर्नमा सिरहाका प्र.ना.नि. गोबिन्द खत्री तथा प्रहरी कर्मचारीहरु, गाउँपालिकाका अन्य शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083