एआईजी भण्डारीद्वारा सरुवा भएका एसपीहरूलाई शुभकामना सहित बिदाई
वि.सं.२०८० चैत २५ आइतवार १८:५०
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीको प्रमुख आतिथ्यतामा शुभकामना सहित बिदाई कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागको निर्णयानुसार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजबाट सरुवा भएका प्रहरी उपरीक्षकहरु भुवनेश्वर तिवारी, दिलिप घिमिरे र यादव ढकालको फेरी भेटौंला कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा बिदाई भई जान लाग्नु भएका प्रहरी उपरीक्षकहरुको तर्फवाट एसपी भुवनेश्वर तिवारीले मन्तव्यको क्रममा प्रतिष्ठानमा कार्यरत रहँदाको बखत कार्यकारी निर्देशक कुशल नेतृत्व र व्यावसायिकतावाट धेरै लाभान्वित हुनुको साथै प्रतिष्ठान परिवारले देखाएको सद्भाव, सदीक्षा र विश्वास प्रति आभार प्रकट गरी धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा प्रहरी उपरीक्षकहरुलाई प्रतिष्ठानको तर्फबाट मायाको चिनो प्रदान गर्नुका साथै बिदाई कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एआईजी भण्डारीले प्रतिष्ठानमा रहँदा उत्कृष्ट कार्य सम्पादन गरेकोमा हार्दिक कृतज्ञता व्यक्त गर्नुका साथै आगामी दिनहरुमा समेत अझ प्रभावकारी रुपमा निष्पक्ष एवं त्रुटिरहित ढङ्गले प्रहरी सेवा प्रवाह गर्नुहुन भनि निर्देशन दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियोे ।




















