“व्यक्तिगत सुरक्षा (प्र.ज.देखि जु.प्र.अ.) तेस्रो समूह” को तालिम सम्पन्न
भरतपुर । नेपाल प्रहरी शिक्षालय भरतपुरका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीकाे प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार २०८१/०१/०९ गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुरमा संचालित “व्यक्तिगत सुरक्षा (प्र.ज.देखि जु.प्र.अ.) तेस्रो समूह” को तालिम सम्पन्न भएको हाे ।
उक्त अवसरमा प्रमुख अतिथीले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गरि प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भयाे ।
साथै तालिम संयोजक प्रहरी नायव उपरीक्षक रामकृष्ण सापकोटाले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
उक्त कार्यक्रमका उप निर्देशक प्रहरी उपरीक्षक भरत बहादुर बि.क , सिनियर / जुनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेको थियाे ।
३१ वैशाख २०८१, सोमवार १६:१६ बजे प्रकाशित