एआईजी सुदिप गिरीले सम्हाले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जिम्मेवारी
काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुदिप गिरीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) को जिम्मेवारी सम्हालेका छन् ।
मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएका एआईजी गिरिले आज प्रतिष्ठानका कार्यकारी निर्देशकको पद ग्रहण गरी जिम्मेवारी सम्हालेका हुन् ।
एआईजी गिरिलाई प्रतिष्ठानका सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृत तथा अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।
एआईजीले प्रतिष्ठानका सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई प्रतिष्ठानको श्रीवृद्धीको लागी प्रतिष्ठानमा कार्यरत प्रहरी कर्मचारीहरू सर्वपक्षमा योग्य र नमुनायोग्य हुनु पर्नेमा जोड दिनुका साथै ईमान्दार, कर्तव्यनिष्ठ र व्यवसायिक भई कार्यसम्पादन गर्न समेत निर्देशन दिएका छन् ।
कार्यकारी निर्देशक प्रहरी अतिरीक्त महानिरीक्षक सुदिप गिरीकाे स्वागत कार्यक्रममा सम्मान गारदबाट सलामी अर्पण गरिएको थियो । साथै, स्वागत कार्यक्रम पश्चात कार्यकारी निर्देशकले पद बहालीको अवसरमा वृक्षारोपण समेत गर्नु भएको थियो ।
३१ वैशाख २०८१, सोमवार १६:५८ बजे प्रकाशित