प्रहरीमा राम्रो कामको सुरुवात : अवकाशप्राप्त प्रहरीले बहालवालासरह उपचार सेवा पाउने
वि.सं.२०८१ साउन २० आइतवार १२:०३
2.6K
shares
shares

काठमाडौं । नेपाल प्रहरी अस्पताल र प्रदेश प्रहरी अस्पतालहरुबाट उपलब्ध हुँदै आएको स्वास्थ्य उपचार सेवामा पुनरावलोकन गरी अबदेखि अवकाशप्राप्त प्रहरी कर्मचारी र परिवारले बहालवाला प्रहरी कर्मचारी र परिवारले सरह नै स्वास्थ्य उपचार सेवा पाउने भएका छन् ।
नीति निर्माण समिति तथा प्रहरी कल्याण कोष संचालक समितिबाट निर्णय भइ प्रहरीको अस्पतालहरुले अवकाशप्राप्त प्रहरी कर्मचारी र परिवारलाई बहालवाला प्रहरी कर्मचारी र परिवारसरह नै उपचार सेवा उपलब्ध गराउने भएको हो ।
यहि साउन महिनादेखि यो सेवा लागू भइसकेको हुँदा यो सुविधाबाट लाभान्वित हुन प्रहरी प्रधान कार्यालयले जनाएको छ ।















