५ सय ८७ इन्सपेक्टरहरु सरुवा (सूचीसहित)
वि.सं.२०८१ भदौ १८ मंगलवार १७:०८
4.07K
shares
shares

काठमाडौं । नेपाल प्रहरीका ५ सय ८७ प्रहरी निरीक्षक (इन्सपेक्टर) हरुको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले सोमबार मध्यराति इन्सपेक्टरहरुको सरुवा निकालेको हो।
सरुवामा केहीको थमौती भएको छ भने केही इन्सपेक्टरहरुको काज भएको छ। यस अगाडि प्रधान कार्यालयका कर्मचारी प्रशासन शाखाका एसपीका कारण सरुवामा ढिलाई भएको थियो।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको निर्णय अनुसार निरीक्षकहरुको सरुवा गरिएको बताइएको छ। सरुवा भएकाहरूले तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउने प्रधान कार्यालयले जनाएको छ।
आजमात्रै केही समय अगाडि ३ जना डिआईजीहरुको सरुवा तथा काज पनि गरिएको थियो।



































