डिआईजी कृष्ण हरि शर्माद्वारा सरूवा भएका डिएसपी जितेन्द्र बस्नेतको बिदाइ
वि.सं.२०८१ असोज १८ शुक्रवार २२:२७
3.42K
shares
shares

हेटौंडा । प्रहरी नायब महानिरीक्षक (डिआईजी) कृष्ण हरि शर्माले सरूवा भएका डिएसपी जितेन्द्र बस्नेतको बिदाइ गर्नु भएको छ।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाबाट जिल्ला प्रहरी कार्यालय सप्तरी सरुवा भई जान लाग्नु भएका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतज्यूको बिदाइ तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न गरिएको हाे।
उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्माले फूलमाला, खादा र मायाको चिनो प्रदान गरी प्रहरी नायव उपरीक्षकलाई नयाँ कार्यक्षेत्र सफल र शुभ रहोस भन्ने शुभकामना व्यक्त गर्नु भएको थियो ।
बिदाइ कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृतहरु लगायत अन्य दर्जाका प्रहरी कर्मचारीहरुले आगामी कार्यकाल सफलताको लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।
































