६९ औं प्रहरी दिवस, २०८१ को अवसरमा भलिबल प्रतियोगिता सम्पन्न
वि.सं.२०८१ असोज १८ शुक्रवार २२:३५
4.03K
shares
shares

चितवन । नेपाल प्रहरी शिक्षालय भरतपुरका निमित्त निर्देशक प्रहरी उपरीक्षक भरत बहादुर बि.क.काे प्रमुख आतिथ्यतामा ६९ औं प्रहरी दिवस, २०८१ को अवसरमा भलिबल प्रतियोगिता सम्पन्न भएको छ।
६९ औं प्रहरी दिवस, २०८१ को अवसरमा नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनद्वारा आयोजित विविध खेलकुद तथा अतिरिक्त गतिविधि अन्तर्गत आज शिक्षालयमा कार्यरत महिला प्रहरी कर्मचारी र पुरुष प्रहरी कर्मचारीहरूलाई २/२ वटा समुहमा विभाजन गरी भलिबल प्रतियोगिता सम्पन्न गरिएको हाे।



















