“जेष्ठ नागरिकलाई सम्मान, एवम् नागरिक सुनुवाई तथा शुभकामना आदान प्रदान कार्यक्रम” सम्पन्न

काठमाडौ । काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरत बहादुर बोहराकाे प्रमुख अतिथ्यता र जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक वसन्त रजौरेकाे बिशेष आतिथ्यतामा “जेष्ठ नागरिकलाई सम्मान एवम् नागरिक सुनुवाई तथा शुभकामना आदान प्रदान कार्यक्रम” सम्पन्न भएको छ ।
काठमाडाै जिल्ला काठमाडौ महानगरपालिका ७ नम्बर अवस्थित कालाेपुल भण्डारेश्वर मन्दिर परिसरमा प्रहरी बृत्त गौशाला, सामुदायिक प्रहरी सेवा केन्द्र चावहिल र पशुपति धार्मिक सेवा समिति, भण्डारेश्वरको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हाे ।
उक्त कार्यक्रममा प्रहरी वृत्त गौशालाका प्रहरी नायव उपरीक्षक शुकदेव खनाल , का.म.न.पा. वडा नं. ७ र ८ का वडा अध्यक्षहरु, जेष्ठ नागरिक, विभिन्न संघ सस्थाका प्रतिनिधि, विद्यार्थीहरु, स्थानिय, पत्रकार लगायतको उपस्थिति रहेको थियाे ।
१९ असोज २०८१, शनिवार १७:०४ बजे प्रकाशित