डिआईजी भट्टराईद्वारा ट्राफिक प्रहरी कार्यालय सुर्खेतको अनुगमन तथा निरीक्षण

Nepal Life Insurance Long Ad

सुर्खेत । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराई (डिआईजी) जनक भट्टराईले ट्राफिक प्रहरी कार्यालय सुर्खेतको अनुगमन, निरीक्षण गरेका छन् ।

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको समग्र वस्तुस्थिति, कार्यालय भवन परिसर, शाखाहरु, स्रोत साधन, नवपर्वद्धनात्मक कार्यहरू, कार्यालयबाट सम्पादित काम कारवाही, सेवा प्रवाह र गुनासो सम्बोधनको विषयमा स्थलगत अनुगमन तथा निरीक्षण गर्नु भएको हाे ।

निरीक्षणको क्रममा कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरुलाई चाडपर्वमा हुन सक्ने सवारी दुर्घटनालाई लक्षित गरी सवारी व्यवस्थापन र दुर्घटना न्यूनिकरण गर्न, सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न, यात्रुमैत्री अभियान संचालन, आर्थिक प्रलोभनमा नपरी शुन्य सहनशीलता राख्न, बोली व्यवहार र आचरण अनुसाशन कायम राख्दै व्यवसायीक एवं कर्तव्यनिष्ठ भई उच्च मनोबलताका साथ कार्यसम्पादन गर्न आवश्यक निर्देशन दिनु भएको थियाे छ ।

१९ असोज २०८१, शनिवार २३:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु