तेक्वान्दो आधारभूत तालिम ३६ औँ समूहको समापन कार्यक्रम सम्पन्न

काठमाडौ । तेक्वान्दो आधारभूत तालिम ३६ औँ समूहको समापन कार्यक्रम सम्पन्न भएको छ ।
महामहिम कोरियन राजदुत (Mr. Taeyoung Park) थेयङ् पार्ककाे प्रमूख आतिथ्यतामा तेक्वान्दो आधारभूत तालिम ३६ औँ समूहको समापन कार्यक्रम सम्पन्न भएको हाे ।
उक्त कार्यक्रममा प्रमुख अतिथिले दीक्षित भई जाने प्रशिक्षार्थीहरूलाई Black Belt बितरण गर्नुका साथै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई तेक्वान्दो सामाग्रीहरू हस्तान्तरण गर्नु भएको थियो भने यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीद्वारा प्रमाणपत्र बितरण गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नु भएको थियो । तालिम संयोजक प्रहरी निरीक्षक कैलाश लिम्बुले तालिम सम्बन्धि संक्षिप्त प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
प्रशिक्षार्थीहरूबाट तेक्वान्दो सम्बन्धि बेसिक किक प्रदर्शन, निहता लडाइ तथा रियल टाईम फाईटिङ् सेल्फ डिफेन्स प्रदर्शन, हमन गेरुगी प्रदर्शन, पुम्से प्रदर्शन र आत्मरक्षा कलाहरु समेत प्रदर्शन गरिएको थियो ।
उक्त कार्यक्रममा प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्ष डा. मनोज कुमार के.सी., नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी बरिष्ठ उपरीक्षक ओम प्रकास अधिकारी, प्रतिष्ठानका सह- निर्देशक प्रहरी बरिष्ठ उपरीक्षक नान्ती राज गुरुङ, साउथ कोरियन राजदुतका Second Secretary and counsellor Ms. Kim Yumi, प्रहरी नयाब उपरीक्षकहरू, प्रहरी निरीक्षकहरू, जुनियर प्रहरी अधिकृतहरू, प्रशिक्षक बर्ग तथा प्रशिक्षार्थीहरुको समेत उपस्थिति रहेको थियो ।
२० असोज २०८१, आइतवार १७:१८ बजे प्रकाशित