जिल्ला प्रहरी कार्यालय सिन्धुलीद्वारा चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

3.45K
shares

सिन्धुली । सिन्धुली प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आइतबार सिन्धुलीमाढीमा यात्रु सहायता कक्ष स्थापना कार्यक्रममा दशैँ–तिहार र छठ पर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो ।

प्रहरीले चाडवाडमा १० प्रकारका सुरक्षा चुनौती हुनसक्ने आँकलन सहित आवश्यक सुरक्षाकर्मी परिचालन गर्ने योजना सार्वजनिक गरेको छ । प्रहरीले चाडबाडमा बढी भाडा लिने, कुटपिट झैझगडा, हो हल्ला, अशान्ति, कालो बजारी, जुवा तास, सरकारी कार्यालयमा चोरी, तोडफोड, अन्य अपराधिक गतिविधि, चोरी, डकैतिका घट्ना, सवारी दुर्घटना बढ्न सक्ने, अवैध घरेलु मदिराको विक्री वितरण हुनसक्ने अनुमानसहित सुरक्षाकर्मी परिचालन गर्न लागिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोबिन्दराज काफ्लेले बताउनु भयो ।

उहाँका अनुसार सम्भावित अपराधलाई रोक्न तथा न्यूनीकरण गर्न कार्यालय सुरक्षार्थ, कमाण्ड पोष्ट, सप्राइज चेकिङ, राजमार्ग ट्राफिक सहितको चेकिङ, बसपार्क टिकट, लापसे र मापेस चेकजाँच, मोबाइल गस्ति, मोटरसाइकल गस्ती, राजमार्गमा गस्ती लगाएत अपराधिक गतिविधि हुन नदिन सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । पर्चा पम्प्लेटमार्फत जनचेतना गर्ने प्रहरीको तयारी छ । जिल्लाको सिन्धुलीमाढी, खुर्कोटबजार, कपिलाकोट छाप, भिमान, डकाहा, दुधौली बजारमा गरि जम्मा ६ स्थानमा यात्रु सहयाता कक्ष स्थापना गरिएको छ । चाडवाडमा लुटपाट, चोरी डकैती, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, आगजनी तथा विस्फोट र महँगो भाडा असुली, बजारमा वस्तुको कृतिम अभाव जस्ता अपराध हुनसक्ने प्रहरीको आँकलन छ । अपराधको घटना नियन्त्रण गर्न प्रहरीले सूचना पाएको ५ देखि १० मिनेटभित्र रेसपोन्स गर्ने उपरीक्षक काफ्लेले बताउनु भयो ।

यस्तै राजमार्गमा हुनसक्ने चोरीलुटपाट तथा पटका आतींसवाजी लगाएतका विष्फोटक पदार्थ भित्रिने जस्त कुनै पनि अवाञ्छित कार्य हुन नदिन राजमार्गमा चल्ने सवारी साधनमा हतियार सहित चेकप्वाइन्टको व्यवस्था मिलाइने उहाँले बताउनुभयो । प्रहरी पहुँच कम हुने स्थान तथा सुरक्षा संवेदनहिलताको आधारमा राजमार्गमा रात्रिकालीन गस्तीको व्यवस्था मिलाइने जानकारी दिइएको छ ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083