डीआइजी कृष्ण हरि शर्माद्वारा दोलखा जिल्लाको मतदानस्थलको अनुगमन

Nepal Life Insurance Long Ad

दाेलखा । बागमती प्रदेश प्रहरी प्रमुख डीआइजी कृष्ण हरि शर्माले दोलखा जिल्लाको मतदानस्थलको अनुगमन गरेका छन् ।

स्थानीय तह निर्वाचनको लागि दोलखा जिल्लामा मतदान स्थलहरुमा निर्वाचनको तयारी, आचारसंहीताको पालना, सुरक्षा व्यवस्थाको अवस्था तथा आवश्यक तयारीको सन्दर्भमा डीआइजी कृष्ण हरि शर्माले अनुगमन तथा निरीक्षण गर्नुभएको हाे।

 

बागमती प्रदेश प्रहरी प्रमुख डीआइजी कृष्णहरि शर्मा प्रमुख जिल्ला अधिकारी र दोलखा जिल्ला प्रहरी प्रमुख प्रहरी डिएसपी युवराज खड्का लगायत जिल्ला सुरक्षा समन्वय समितिका प्रमुखहरूले विभिन्न स्थलहरुमा अनुगमन तथा निरीक्षण गर्नुभएको थियोे ।

अनुगमनको क्रममा निर्वाचन अधिकृतको कार्यालय र मतदानस्थलहरुको अनुगमन गरेकोमा ति स्थानहरु व्यवस्थित नै रहेको पाएको डीआइजी कृष्णहरि शर्माले बताउनुभयो । कतिपय सार्वजनिक स्थानहरुमा भने आचारसंहिता विपरित झण्डा र व्यानरहरु राखेको पाइएकोले त्यसलाई हटाउन र निर्वाचनलाई मर्यादित, स्वच्छ र सभ्य बनाउनका लागि आग्रह गरेको उहाँले बताउनु भएको थियाे ।

१० मंसिर २०८१, सोमवार २१:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु