काठमाडौ उपत्यका प्रहरी कार्यालयबाट बिदा भए एसएसपी विनोद घिमिरे
वि.सं.२०८१ पुस २१ आइतवार १६:११
shares

काठमाडौ । प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेको बिदाइ तथा फेरि भेटौंला कार्यक्रम सम्पन्न भएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा बिदाई कार्यक्रम सम्पन्न भएको हाे।
प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा काज सरुवा भएको हाे।
बिदाइ तथा फेरी भेटौंला कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले विदाई भएर जान लाग्नु भएका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले कार्यालयमा कार्यरत रहँदा प्रदान गरिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै नयाँ कार्यक्षेत्रको लागि उहाँलाई हार्दिक शुभकामना व्यक्त गर्नु भयो ।
साथै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, उपत्यकाको ट्राफिक नियन्त्रणमा नविनतम कार्यक्रम कार्यान्वयन गर्ने प्रहरी कार्यालय भएकाले प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले तहाँ कार्यालय प्रमुखको रुपमा कार्य गर्दा कुशल तथा व्यवसायिक रुपमा कार्य सम्पादन गरी आफ्नो दक्षता प्रस्तुत गर्नुहुनेछ भन्ने विश्वास समेत व्यक्त गर्नु भयो ।
प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले यस कार्यालयमा आफू रहँदा बस्दाको अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी उपरीक्षकहरु लगायत सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

















