प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीद्वारा पदभार ग्रहण

Nepal Life Insurance Long Ad

भरतपुर । नेपाल प्रहरी शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले आज पदभार ग्रहण गर्नु भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान निर्देशनालय नक्साल, काठमाडौं दरबन्दी भई  नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनमा काज सरुवा भएको हाे।

 

पदभार ग्रहणपश्चात अमर प्रहरीको सम्झनामा अमर प्रहरी शालिकमा मार्ल्यापण गर्नुको साथै  शिक्षालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्नु भएको थियो ।


सोही अवसरमा यस शिक्षालयका प्रहरी नायव उपरीक्षक सुर्य बहादुर थापाबाट शिक्षालयको प्रशासनिक, तालिम लगायत अन्य गतिविधि समेटिएको प्रस्तुतिकरण गर्नु भएको थियो ।

साथै उक्त कार्यक्रममा शिक्षालयका सह-समादेशक प्रहरी उपरीक्षक भरत बहादुर बि.क., सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरू लगायत सम्पुर्ण प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

२४ पुस २०८१, बुधवार १८:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु