सङ्गठनको उद्देश्य र गरिमालाई सदैव उच्च बनाउने कार्य गर्न डिआईजी कार्कीद्वारा निर्देशन
पाल्पा । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले सङ्गठनको उद्देश्य र गरिमालाई सदैव उच्च बनाउने कार्य गर्न निर्देशन दिनु भएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय पाल्पाको निरीक्षण गर्नुका साथै कार्यालयमा कार्यरत तथा यस कार्यालय मातहत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको हाे।
निर्देशनको क्रममा डिआईजी दानबहादुर कार्कीले नागरिकको जीउ धनको सुरक्षा, अपराध नियन्त्रण, घटित अपराधको सफल अनुसन्धान, पेन्डिङ मुद्दाको फर्छौड, लागुऔषधको प्रयोग र ओसार पसार नियन्त्रणको लागि कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउन र जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न तथा सङ्गठनको उद्देश्य र गरिमालाई सदैव उच्च बनाउने कार्य गर्न समेत निर्देशन दिनु भयो ।
निरीक्षणका क्रममा जिल्ला प्रहरी कार्यालय पाल्पा प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले डिआईजी दान कार्की समक्ष पाल्पा जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन,भईरहेका विविध गतिविधिहरु लगायतका विषयमा जानकारी समेत गराउनुभएको थियो ।
२४ पुस २०८१, बुधवार १८:४७ बजे प्रकाशित