जिल्ला प्रहरी कार्यालय सिन्धुलीको आयोजनामा “प्रहरीसँग विद्यार्थी कार्यक्रम सम्पन्न”

Nepal Life Insurance Long Ad

सिन्धुली। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गाेबिन्द राज काफ्लेकाे प्रमुख आतिथ्यतामा “प्रहरीसँग विद्यार्थी” कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको आयोजनामा साथै श्री नवज्योति वहिरा माध्यामिक विद्यालयको समन्वयमा “प्रहरीसँग विद्यार्थी” कार्यक्रम सम्पन्न भएको हाे।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी कार्यालयबाट प्रवाह हुने सेवामा सर्वसुलभ पहुँच,प्रहरी र नागरीक बिच सुमधुर सम्बन्धको विकास, समुदाय-प्रहरी सम्बन्ध सुदृढिकरण गर्ने उद्धेश्य अनुरुप सो अवसरमा विद्यालयका ३७ जना छात्र छात्रा,शिक्षक,शिक्षिकाहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हाे।

 शिक्षक तथा विधार्थीहरुलाई यस कार्यालयको विभिन्न शाखाहरु अवलोकन गराई लैंगिक हिंसा,जबरजस्ती करणी,बालयौन दुरुपयोग जस्ता समस्याहरुको विषयमा उजुरी दिने माध्यम,प्रक्रिया, कानुनी व्यवस्था, १०० मा फोन गर्ने गरी तरीका, महत्व बारे कार्यालयका प्रहरी निरिक्षक सुनिल प्रसाद चैरसियाज्यूले प्रशिक्षण समेत प्रदान गर्नु भएको थियो । 

२४ पुस २०८१, बुधवार १९:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु